Techie IT
२०८३ असोज १८, आइतबार

फु गरेरै समस्या समाधान हुन्छ भन्नु भ्रम हो - सभापति गगन थापा


नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा देखिएको राजनीतिक अस्थिरता र बढ्दो वितृष्णाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अबको राजनीतिलाई नयाँ दिशा दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकमा उठेका अनेकौँ प्रश्नहरूको जवाफ दिने सामर्थ्य कांग्रेससँग हुनुपर्नेमा जोड दिए।

मुलुकको वर्तमान अवस्थाप्रति प्रश्न गर्दै सभापति थापाले भने, “सबैतिर प्रश्न छन्, के हामीसँग ती प्रश्नको उत्तर दिने तागत छ?”  उनले यी असन्तुष्टिहरू हालको सरकार आएपछि मात्र उब्जिएका नभई २०७२ सालमा संविधान जारी भएपछिको लामो समयदेखिको सञ्चित असन्तुष्टि भएको स्पष्ट पारे।

देशको कार्यकारी प्रमुख फेरिने प्रवृत्तिमाथि कटाक्ष गर्दै उनले भने, “दुर्भाग्य, नेपालमा प्रधानमन्त्री पद 'म्युजिकल चियर” जस्तो भएको छ। जबसम्म नेतृत्व अस्थिर रहन्छ, तबसम्म जनताको काम हुन सक्दैन। जनताको अपेक्षा अनुसार काम हुन नसक्दा राजनीतिप्रति विश्वव्यापी रूपमै वितृष्णा बढेको उनले बताए।

अहिले हरेक क्षेत्रमा अति-राजनीतिकरण भइरहेको उल्लेख गर्दै थापाले भने, “सबै कुरालाई राजनीतिको आँखाले मात्र हेरिँदा जनता हैरान भइसकेका छन्।”

कांग्रेस र एमालेलगायतका ठूला दलहरूले विगतमा गरेको सत्ता अभ्यासमा गौरवभन्दा बढी शक्तिको उन्माद देखिएकाले देशले सङ्कट भोग्नुपरेको उनले स्वीकार गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबीचको निरन्तरको घोचपेचले मात्र देशका समस्या हल नहुने बताउँदै उनले थपे, “म सत्तामा आएको छु, अब फु गरेरै समस्या समाधान हुन्छ भन्नु भ्रम हो। हामीले विश्वमा भइरहेका परिवर्तनलाई गहिरिएर बुझ्न जरुरी छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट