Techie IT
२०८३ असोज १७, शनिबार

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान, विश्व बैंक र अमेरिकी अधिकारीहरूसँग लगानीबारे छलफल हुने


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका छन्। विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा एक नेपाली प्रतिनिधिमण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो। 

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीहरूका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यस भ्रमणका क्रममा हालै भोटेकोसी नदीमा आएको बाढीका कारण भौतिक एवं आर्थिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिहरूसँग विशेष छलफल हुनेछ। 

त्यसैगरी, सडक र विद्युत् प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारहरूको विकासमार्फत मुलुकमा रोजगारी तथा आर्थिक अवसरहरूको सिर्जना गर्न विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने विषयमा समेत गम्भीर पहल हुने अर्थ मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट