Techie IT
२०८२ फागुन २३, शनिबार

खामेनी मारिए त ? ट्रम्पको सनसनीपूर्ण दाबी, इरानले गर्‍यो अस्वीकार


इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

ट्रम्पले अमेरिका र इसरायलले शनिबार इरानमाथि गरेको संयुक्त आक्रमणमा खामेनी मारिएको दाबी गर्दै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले उक्त पोस्टमा खामेनीलाई “इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक” उल्लेख गर्दै उनको मृत्यु इरानी जनता, अमेरिका र विश्व समुदायका लागि न्याय भएको बताएका छन्। साथै, ट्रम्पले इरानका अन्य उच्च तहका शासन प्रमुखहरू पनि मारिएको दाबी गरेका छन्।

इसराइली स्रोतहरूले समेत शनिबार नै खामेनीसहित केही वरिष्ठ इरानी अधिकारीहरू मारिएको निष्कर्ष निकालेको दाबी गरेका छन्।

तर, इरानी पक्षबाट भने अहिलेसम्म कुनै औपचारिक पुष्टि भएको छैन। 

घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ भने आधिकारिक पुष्टि नआएसम्म दाबी–प्रतिक्रिया जारी रहने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट