Techie IT
२०८३ असोज ११, आइतबार

इन्धन मूल्यले थिचेपछि अस्ट्रेलियाको ठूलो निर्णय: ३ महिनाका लागि करमा आधा कटौती


अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलेे आकाशिएको इन्धन मूल्यलाई ध्यानमा राख्दै सरकारले इन्धनमा लाग्ने कर तीन महिनाका लागि आधा घटाउने घोषणा गरेका छन्।

राज्य तथा क्षेत्रीय नेताहरूसँगको बैठकपछि क्यानबेरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बुधबारदेखि लागू हुने गरी ‘फ्युल एक्साइज’ (इन्धन अन्तःशुल्क) कटौती गरिने जानकारी दिए। मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न तेल संकटका बीच यस निर्णयले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २६.३ सेन्टसम्म घटाउने अपेक्षा गरिएको छ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ पेट्रोलियम (एआइपी) का अनुसार आइतबार समाप्त भएको हप्तामा नियमित ‘अनलेडेड’ पेट्रोलको औसत मूल्य प्रतिलिटर २.५३ अस्ट्रेलियन डलर पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ६.३ प्रतिशतले बढी हो। त्यस्तै, डिजेलको औसत मूल्य ९.७ प्रतिशतले बढेर प्रतिलिटर ३.१ अस्ट्रेलियन डलर पुगेको छ।

ढुवानी क्षेत्रलाई राहत दिन ठूला सवारी साधनले प्रयोग गर्ने डिजेलमा लाग्ने ‘रोड युजर चार्ज’ (प्रतिलिटर ३२.४ सेन्ट) पनि तीन महिनाका लागि शून्यमा झारिएको छ। यससँगै, जीवनयापन लागत घटाउने प्रयासस्वरूप प्रधानमन्त्री अल्बानिजले राज्य र क्षेत्रका सरकारहरूसँग मिलेर इन्धन सुरक्षासम्बन्धी राष्ट्रिय योजना बनाउने सहमति समेत भएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट