Techie IT
२०८३ असोज ११, आइतबार

आक्रमण हुन सक्ने आकलन पछि पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लियौं - प्रहरी


पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा गएराति प्रहरीको सुरक्षा नियन्त्रणमा परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी नेतृत्वको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट सुरक्षाका लागि भन्दै नियन्त्रणमा लिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणका आधारमा उनलाई प्रहरी कार्यालयमा ल्याइएको स्पष्ट पारेका छन्। प्रहरी स्रोतले जबराविरुद्ध उजुरी परेको दाबी गरे पनि एसएसपी खड्काले भने पूर्वप्रधानन्यायाधीशविरुद्ध कुनै पनि उजुरी नपरेको बताएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले पनि सुरक्षा चुनौती देखिएकै कारण जबरालाई प्रहरी संरक्षणमा ल्याइएको दाबी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट