Techie IT
२०८३ असोज ११, आइतबार

संविधान संशोधन विधेयक फेलपछि राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै मोदी

मोदीको करिब १२ वर्ष लामो नेतृत्वकालमा सरकारले ल्याएको कुनै पनि संविधान संशोधन विधेयक सदनबाट विफल भएको यो पहिलो घटना हो।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तस्बिर : रोयटर्स

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शनिबार राति राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सम्बोधनको तयारी भए पनि यसको मुख्य विषयबारे औपचारिक रूपमा केही खुलाइएको छैन।

यसअघि शुक्रबार लोकसभामा मोदी सरकारले पेश गरेको महत्वपूर्ण संविधान संशोधन विधेयक पारित हुन सकेन। महिला आरक्षण र निर्वाचन क्षेत्र पुनः निर्धारण (डिलिमिटेसन)सँग सम्बन्धित १३१औँ संविधान संशोधन विधेयक आवश्यक विशेष बहुमत नपुग्दा असफल भएको हो।

मोदीको करिब १२ वर्ष लामो नेतृत्वकालमा सरकारले ल्याएको कुनै पनि संविधान संशोधन विधेयक सदनबाट विफल भएको यो पहिलो घटना हो। दुई दिनसम्म चलेको चर्को बहसपछि शुक्रबार साँझ भएको मतदानमा विधेयकको पक्षमा २९८ मत र विपक्षमा २३० मत परेको थियो। तर संविधान संशोधनका लागि आवश्यक विशेष बहुमत नपुगेपछि विधेयक पारित हुन सकेन।

संसदमा विधेयक विफल भएलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्। उक्त सम्बोधनमा उनले पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको आगामी रणनीतिबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट