Techie IT
२०८३ वैशाख २१, सोमबार

लिपुलेक विवादमा भारतको कडा प्रतिक्रिया: ‘नेपालको दाबी आधारहीन’ रहेको दावी


लिपुलेक क्षेत्र हुँदै कैलाश मानसरोवर यात्रा खुला गरिएको विषयमा भारतले औपचारिक प्रतिक्रिया दिएको छ। नेपालको परराष्ट्र मन्त्रालयले उठाएको सीमा सम्बन्धी दाबीप्रति भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले असहमति जनाएका हुन्।

प्रवक्ता जैसवालले लिपुलेक पास लामो समयदेखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको मार्ग भएको दाबी गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “लिपुलेक पास सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको छ र यस मार्गबाट दशकौँदेखि यात्रा सञ्चालन हुँदै आएको छ। यो कुनै नयाँ विकास होइन।”

नेपालले प्रस्तुत गरेको भौगोलिक दाबीबारे टिप्पणी गर्दै उनले यस्तो दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेका छन् । “यस्ता दाबी न त उचित छन्, न ऐतिहासिक आधारमा पुष्टि हुन्छन्,” उनले भने, “एकपक्षीय रूपमा गरिएको कृत्रिम भौगोलिक विस्तारको दाबी अस्वीकार्य छ।”

यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा संवादमार्फत समाधान खोज्न आफू तयार रहेको पनि जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट