Techie IT
२०८३ असोज १०, शनिबार

एमालेमा नयाँ केन्द्रिय सदस्य मनोनितको मापदण्ड के हो ?‍ ‍‍ - नेतृ लामा


नेकपा एमालेको हालैको केन्द्रीय कमिटी बैठकबाट मनोनीत गरिएका नयाँ केन्द्रीय सदस्यहरूको चयनलाई लिएर पार्टीभित्रै आन्तरिक विरोध र असन्तुष्टि चुलिएको छ। 

पार्टीभित्र कुन मापदण्ड र कस्तो राजनीतिक योगदानका आधारमा नयाँ सदस्यहरूलाई जिम्मेवारी दिइयो भन्ने विषयमा नेताहरूबाटै प्रश्न उठ्न थालेको छ।

यसै क्रममा एमाले नेतृ नवीना लामाले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको निर्णयप्रति कडा आपत्ति जनाएकी छिन्। फेसबुकमा एक पोस्ट राख्दै उनले अन्य पार्टीबाट आएका र पार्टी छाडेर पुनः फर्किएका व्यक्तिहरूको 'चुरीफुरी' बढेको भन्दै उनीहरूको राजनीतिक हैसियत र योगदानमाथि गम्भीर प्रश्न उठाएकी छिन्।

नेतृ लामाले आफ्नो पोस्टमा लेखेकी छिन्, “उहाँहरूको राजनीतिक हैसियत के हो? पार्टी र संगठन निर्माणमा कति योगदान छ? समाज परिवर्तनका लागि कति वर्ष संघर्ष गर्नुभएको छ? संकटका बेला पार्टी र नेतृत्वको पक्षमा कति पटक उभिनुभएको छ?”

वर्षौँसम्म पार्टी निर्माणमा रगत र पसिना बगाएका पुराना कार्यकर्ताहरूको त्याग र पीडालाई बेवास्ता गरी आगन्तुक र स्वार्थी व्यक्तिहरूलाई पद तथा जिम्मेवारी बाँडिएको भन्दै उनले अब यस विषयमा पार्टीभित्र गम्भीर बहस हुनुपर्नेमा जोड दिएकी छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट