Techie IT
२०८३ असोज १०, शनिबार

जर्जियाको र्‍यालीबाट ट्रम्पको हुङ्कार: इरानलाई आणविक हतियार बनाउन दिँदैनौँ, युद्ध अन्त्य नजिक छ


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य मुठभेड अन्त्यका लागि ऐतिहासिक सम्झौता हुन लागेको सङ्केत दिएका छन्। जर्जियामा रिपब्लिकन गभर्नर उम्मेदवार बर्ट जोन्सको चुनावी अभियानमा बोल्दै ट्रम्पले अमेरिका र इरानबीच चाँडै युद्धविराम र दीर्घकालीन शान्ति सम्झौता हुन सक्ने दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो मुख्य लक्ष्य रहेको बताए। अहिले भइरहेको सैन्य कदमको पछाडि महत्त्वपूर्ण कारण छ । उनले भने, "हामी इरानसँग स्ट्रेट अफ होर्मुज (होर्मुज जलसन्धि) को अवरोध हटाउन र उसको आणविक महत्त्वाकाङ्क्षालाई रोक्न वार्ता गरिरहेका छौँ। मलाई विश्वास छ, यो युद्ध निकै चाँडै समाप्त हुनेछ।"

अहिले दुई देशबीचको तनाव कम गर्न पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। अमेरिकाले पठाएको १४ बुँदे शान्ति प्रस्तावमाथि इरानले आजै (बिहीबार) आफ्नो औपचारिक जवाफ पठाउने तयारी गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार तेहरानले प्रस्तावका विभिन्न बुँदाहरूमाथि आन्तरिक छलफल गरिरहेको र सोको निष्कर्ष पाकिस्तानी मध्यस्थकर्तालाई हस्तान्तरण गरिनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने र इरानी तेल निर्यातलाई सहज बनाउने सर्तमा इरानले आफ्नो युरेनियम संवर्धन कार्य रोक्नुपर्ने प्रस्ताव अघि सारेको छ। इरानले तत्कालका लागि 'युद्ध अन्त्य' लाई प्राथमिकता दिए पनि आणविक मुद्दामा भने थप छलफल आवश्यक रहेको बताएको छ।

सन् २०२६ मा सुरु भएको यो सैन्य सङ्कट अब कूटनीतिक बाटोबाट सुल्झिने आशा पलाएको छ। यदि आज इरानबाट सकारात्मक जवाफ आएमा विश्व बजारमा कच्चा तेलको मूल्य घट्ने र मध्यपूर्वमा शान्ति छाउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट