Techie IT
२०८३ असोज १०, शनिबार

विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


देशका विभिन्न स्थानमा शुक्रबार राति र साँझ भएका छुट्टाछुट्टै पाँचवटा सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ। प्रहरीको तथ्यांकअनुसार झापा, बारा, भक्तपुर, रूपन्देही र कपिलवस्तुमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

झापा: गौरादह नगरपालिका-४ मा अज्ञात मोटरसाइकलको ठक्करबाट पैदलयात्री ८१ वर्षीय लाल बहादुर श्रेष्ठको मृत्यु भएको छ। शुक्रबार राति भएको यस घटनामा गम्भीर घाइते भएका उनको कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचारका क्रममा निधन भएको हो। फरार चालकको खोजी भइरहेको छ।

बारा: जीतपुरसिमरा उपमहानगरपालिका-२२ तीन नम्बर पुल नजिक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मोरङ लेटाङका ३५ वर्षीय योगेन्द्र मगरको मृत्यु भएको छ। नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा उनको ज्यान गएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर: मध्यपुर थिमि नगरपालिका-४ चारदोबाटो नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक सर्लाही घर भई काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय सतेन्द्र कुमार यादवको मृत्यु भएको छ। मध्यपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

रूपन्देही: तिलोत्तमा नगरपालिका-१५ टाइगर चोकमा ई-रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा रिक्सामा सवार २८ वर्षीया ममता जैसवालको मृत्यु भएको छ। क्रिमसन हस्पिटल मणिग्राममा उपचारका क्रममा उनको ज्यान गएको हो भने ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तु: कपिलवस्तु नगरपालिका-११ भैष्टामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लु.१९ प २२८२ नम्बरका मोटरसाइकल चालक ५० वर्षीय सत्तार अलीको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अर्का मोटरसाइकल चालकको भैरहवामा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट