ट्रम्पको युटर्न : क्यानडामाथिको चर्को ट्यारिफ तीन दिनका लागि स्थगन
कूटनीतिक प्रयासले काम गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानहरूमा लगाउने भनिएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) कार्यान्वयनमा तीन दिनका लागि रोक लगाएका छन् । दुई देशबीच व्यापार सम्झौतालाई अन्तिम रूप दिने तयारी भइरहेका बेला यो निर्णय आएको हो ।
ट्यारिफ लागू हुनुभन्दा केही घण्टा अगाडि गरिएको यो घोषणाले अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव केही समयका लागि मत्थर भएको सङ्केत देखाएको छ । दुई देशका नेताहरूबीच निरन्तरको फोन वार्तापछि सम्झौताका लागि महत्वपूर्ण प्रगति भएको बताइएको छ । सम्झौताले रोकिएका ऊर्जा परियोजनाहरूलाई समेत फेरि सञ्चालनमा ल्याउन सक्ने सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस