Techie IT
२०८२ असार ३१, मंगलबार

गाजामा खाद्य केन्द्रमा भगदौड: ३ को मृत्यु, ४६ घाइते, ७ बेपत्ता


गाजाको दक्षिणी सहर रफाहमा खाना लिन आएका मानिसहरूबीच भागदौड भएको छ । जसका कारण ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । यसबाहेक ७ जना बेपत्ता रहेका छन् । 

अल जजिराको रिपोर्ट अनुसार इजरायली सैनिकले हावामा गोली हानेपछि भागदौड सुरू भएको थियो । इजरायली सेनाले आफ्ना सैनिकहरूले भीडलाई नियन्त्रणमा राख्न चेतावनी गोली चलाएको बताएको छ । गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउन खाद्य केन्द्रहरू सुरु भइरहेका छन्। हजारौं मानिसहरूको भीड रफाह शहरको यस्तै एउटा केन्द्रमा खाना लिन भेला भएको थियो । इजरायली गोलीबारी पछि हजारौं प्यालेस्टाइनीहरू खानाको लागि केन्द्रमा पुगेका थिए । 

गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भन्यो, ‘आज रफाहमा के भयो त्यो जानाजानी नरसंहार र एक स्पष्ट युद्ध अपराध हो ।’ हाल एक हप्ताको लागि गाजामा सहायता पठाइने भएको छ । यस समयमा, इजरायलले गाजामा खाना वितरण गर्न नयाँ वितरण केन्द्रहरू निर्माण गर्नेछ । यी केन्द्रहरू इजरायली सेनाको निगरानीमा हुनेछन् । यसलाई अमेरिकी कम्पनीहरूले सञ्चालन गर्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट