Techie IT
२०८२ जेष्ठ १७, शनिबार

बङ्गलादेशले आगामी हप्ता आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गर्ने


Getty Image

बङ्गलादेशको अन्तरिम सरकारले आगामी जुलाईदेखि सुरु हुने आर्थिक वर्ष २०२५/२६ का लागि ७.९० ट्रिलियन टाका (करिब ६५ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट सार्वजनिक गर्ने भएको छ।

अन्तरिम सरकारका आर्थिक सल्लाहकार सालेहुद्दीन अहमदले आगामी जुन २ मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संसद् नचलेको (नरहेको) अवस्थामा बजेट राष्ट्रपतिको कार्यकारी आदेशमा सरकारका आर्थिक सल्लाहाकारद्वारा टेलीभिजनबाट प्रत्यक्ष सम्बोधनमार्फत जारी गरिनेछ ।

मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनअन्तर्गत प्रस्तुत गरिएको यो पहिलो राष्ट्रिय बजेट हो । राष्ट्रिय बजेटमा उल्लिखित प्रमुख आर्थिक लक्ष्यहरूमा मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा झार्ने र वित्तीय घाटालाई कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिइएकोे छ ।

आर्थिक वर्ष २०२५/२६ का लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ५.५ प्रतिशत कायम गरिएको छ । यसले विश्वव्यापी र घरेलु आर्थिक अनिश्चितताका बीच सतर्क आशावादलाई प्रतिबिम्बित गरेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट