Techie IT
२०८२ जेष्ठ १८, आइतबार

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको खानी


मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।

वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ ।  यसमा १ लाख टन तत्वहरू छन् । यो धातु भविष्यको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ। जसकाे उत्खनन प्रक्रिया सुरू हुन लागेकाे छ ।

रिपोर्टका अनुसार दुर्लभ पृथ्वी धातुहरूमा १७ कच्चा पदार्थ रहेका छन । यो हरित ऊर्जा को लागी धेरै महत्त्वपूर्ण छ । साथै, चीन, रुस, अमेरिका र युरोपमा यसको ठूलो माग रहेको छ । कजाकस्तान उद्योग मन्त्रालयका प्रवक्ताले भने कि ‘यो कजाकिस्तानमा फेला परेको सबैभन्दा ठूलो सम्पत्ति हो ।’ यो निक्षेप कजाकिस्तानको कारागान्डा क्षेत्रमा फेला परेको हो । यसमा सेरियम, लैंथेनम, नियोडिमियम र यट्रियम समावेश छ। युरोपेली संघ–मध्य एशिया शिखर सम्मेलन अघि यो खोज घोषणा गरिएको हो ।

यस क्षेत्रमा ईयू, रुस, चीन र टर्कि आफ्नो प्रभाव बलियो बनाउन चाहन्छन् र एक अर्काको प्रभुत्व हटाउन चाहन्छन् । सम्मेलनमा मध्य एसियाका पाँच देश काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेता सहभागी हुनेछन् । यससँगै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा पनि सहभागी हुनेछन् ।

कजाकस्तानको उद्योग मन्त्रालयले अनुमान गरेको छ कि नयाँ साइटमा स्रोतहरूको सम्भावित मात्रा २० मिलियन टन भन्दा बढी हुन सक्छन् । उद्योग मन्त्रालयका अनुसार प्रमाणीकरण र थप अनुसन्धान गरिएमा कजाकिस्तानको अवस्था परिवर्तन हुनेछ। ‘यसले भविष्यमा कजाकिस्तानलाई उच्च दुर्लभ पृथ्वी धातु भण्डार भएका देशहरूमा राख्न सक्छ,’ मन्त्रालयले भन्यो ।

यो उल्लेखनीय छ कि इयु २०५० सम्म कार्बन तटस्थता हासिल गर्न चाहन्छ। त्यसैले यस क्षेत्रमा दुर्लभ धातुहरू र प्राकृतिक स्रोतहरूमा रुचि राखिरहेको छ । कजाकिस्तानसँग आवश्यक प्रविधि छैन । त्यसैले उ विदेशी लगानीको खोजीमा रहेको छ भने अन्य देशहरूले यसलाई अवसरको रूपमा हेरिरहेका छन्। अब यो दुर्लभ धातुको भण्डारको के हुन्छ भनेर समयले बताउने छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट