इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्। दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै मिसाइल हानाहान भइरहेको छ ।
समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ ।
उता, इरानले पनि जवाफी कारबाही गर्दै इजरायलमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । आक्रमणमा ५ इजरायलीको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । इरानले पनि ३ इजरायली एफ–३५ विमान खसालेको दाबी गरेको छ ।
इरानले शनिबार राति इजरायलका तेलअभिव, जेरूसलेम, तमरा, हाफिया पेट्रोलियम रिफाइनिङ केन्द्रसहित ४ स्थानमा आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ ।
इरानले दोस्रो पटक प्रहार गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा एक ६० वर्षीया महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । इजरायलमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस