Techie IT
२०८२ असार ७, शनिबार

इरान–इजरायल तनाव चुलिंदै, जेनेभामा कूटनीतिक समाधानको खोजी


Israeli first responders gather in an area reportedly hit by an Iranian strike in Haifa on June 20, 2025, amid the ongoing fire exchange between Israel and Iran. (Photo by Fadel SENNA / AFP)

इरान–इजरायलबीच चर्किँदो द्वन्द्वको बीचमा युरोपेली शक्तिराष्ट्रहरू कूटनीतिक समाधानको प्रयासमा सक्रिय भएका छन् । इजरायलले इरानीमा रातभर आक्रमण गरेपछि इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको घटनाले युद्धको अवस्था गम्भीर बन्दै गएको छ ।

शुक्रबार जेनेभामा आयोजित वार्तामा बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका कूटनीतिज्ञहरू इरानका विदेशमन्त्री आबास अराघचीसँग भेट गरी तनाव कम गर्ने उपायबारे छलफलमा जुटेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

इजरायलले भने इरानसँग कूटनीतिक वार्ताको विरोध गर्दै युरोपेली देशहरूलाई इरानमाथि दबाब दिन आग्रह गरेको छ। जेनेभास्थित इजरायली राजदूत डेनियल मेरोनले इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र विकास र आतङ्ककारी गतिविधि अन्त्य गर्न माग गर्नुपर्ने बताए।

इजरायलका वरिष्ठ कूटनीतिज्ञ गिदोन सारले कूटनीतिक माध्यम असफल भएको दाबी गर्दै सन् २०१८ मा ट्रम्पद्वारा इरानसँगको आणविक सम्झौता त्यागिएको निर्णयको समर्थन गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सबै पक्षलाई संयम अपनाउँदै शान्तिलाई अवसर दिन आग्रह गरेका छन् । सुरक्षा परिषद्ले युद्धबारे छलफल गर्न तयारी गरिरहेको छ। इरानले जारी कूटनीतिक वार्ताकै बीचमा इजरायलले सैन्य आक्रमण गरेको भन्दै राष्ट्रसंघीय मानव अधिकार परिषद्मा आपत्ति जनाएको छ।

इजरायलले शुक्रबार इरानतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । इजरानबाट पनि दोस्रोपटक क्षेप्यास्त्र प्रहार भएपछि इजरायलमा साइरन बजाइएको थियो । पछिल्लो रिपोर्ट अनुसार युद्ध सुरु भएदेखि इजरायलमा २५ जनाको मृत्यु भएको छ भने इरानले आफ्नो पक्षमा २२४ जनाको मृत्यु भएको जनाएको छ ।

इरान र इराकमा हजारौं प्रदर्शनकारी सडकमै उत्रिएर इजरायलविरुद्ध नाराबाजी गरेका छन् । राजधानी तेहरानसहितका शहरहरूमा सर्वोच्च नेता खामेनीको समर्थनमा प्रदर्शन भएको छ ।

द्वन्द्व चर्किएसँगै बेलायत र स्विट्जरल्याण्डले इरानस्थित आफ्ना दूतावास कर्मचारीहरूलाई फिर्ता बोलाएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट