इजरायली सेनाद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको जानकारी दिएको छ। यससँगै इजरायलले लेबनानभरि हिजबुल्लाहका गढहरूमा हवाई आक्रमण गर्दै आएको छ, र सीमा क्षेत्रमा लडाकुहरूसँग भौतिक भिडन्त जारी रहेको छ। इजरायली वायुसेनाले दक्षिणी लेबनानलगायत हिजबुल्लाहको प्रभुत्व रहेका क्षेत्रहरूमा बमबारी तीव्र बनाएको छ।
उमेर हदबन्दीको विवादले क्रान्तिकारीको सम्मेलन अनिश्चित
लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणबाट १,००० भन्दा बढी नागरिकको मृत्यु भएको र लाखौं मानिस विस्थापित भएको पुष्टि गरेको छ। लेबनान अहिले आर्थिक र राजनीतिक सङ्कटको चपेटामा रहेको अवस्थामा यी आक्रमणहरूले देशलाई थप अस्थिर बनाएको छ।
इजरायली सेनाले गाजामा अक्टोबर ७ मा हमासद्वारा गरिएको आक्रमणपछि आफ्नो उत्तरी सीमा सुरक्षित राख्न प्रयास गरिरहेको बताएको छ। इजरायलले गत वर्ष हिजबुल्लाहका कारण विस्थापित भएका ६०,००० भन्दा बढी मानिसको सुरक्षित फिर्ती सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित गरेको छ।
इजरायली सेनाले यसअघि बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाहको खुफिया मुख्यालयमाथि तीनवटा हवाई आक्रमण गरेको थियो। यद्यपि, हिजबुल्लाह निकट स्रोतहरूले मिडिया सम्बन्ध कार्यालयलाई लक्ष्य बनाइएको र सो भवन खाली गरिएको बताएको छ
इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले लेबनानी जनतालाई आफ्नो सुरक्षाका लागि २० भन्दा बढी गाउँ र नबतियेह सहर खाली गर्न आग्रह गर्दै अवाली नदीको उत्तरतर्फ जान सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस