Techie IT
२०८२ असार १८, बुधबार

नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट


Former Israeli PM Bennett

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् ।

इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, “नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो योे निकै धेरै समय हो र उनको बसाई स्वच्छ छैन।”

उनले भने, नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ । सन् २०२१ मा नेतन्याहूका आलोचकहरुसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाएका थिए ।

तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो ।

त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट