Techie IT
२०८२ असोज २१, मंगलबार

आजको राशिफल – असोज १९, २०८२


वि.सं.२०८२ साल आश्विन १९ गते । आइतबार । इस्वी सन् २०२५ अक्टोबर ५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । तिथि–त्रयोदशी, दिउसो १२ बजेर ५६ मिनेट उप्रान्त चतुर्दशी । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २९ घडी २३ पला ।  
रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशिले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

माया गर्ने मान्छेलाई नजिक पाउँदा मन प्रसन्न हुनेछ। परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। पैतृक सम्पत्तिबाट आम्दानीका स्रोत बढाउने अवसर छ। साथीभाइसँग भेटघाट र मिष्टान्न भोजनको अवसर मिल्नेछ। लामो दुरीको यात्रा टार्नु उपयुक्त हुनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

विवादित विषयहरू समाधान हुनेछन्। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। अध्ययनमा प्रगति र प्रियजनसँग नजिक हुने सम्भावना छ। खानपानमा सुधार र मनोरञ्जनमा रमाइलो समय बित्नेछ। लामो यात्राको लागि समय मध्यम छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

अनुसन्धान वा अध्ययनमा सफलता मिल्नेछ। स्वास्थ्य सबल रहँदा आम्दानी बढ्नेछ। माया–प्रेममा विश्वास बढ्नेछ। सेवामूलक व्यवसायबाट राम्रो लाभ हुनेछ। खाद्यान्न वा निर्माण सामाग्रीको व्यापार लाभदायी बन्नेछ। लामो यात्रा नगर्नुहोस्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

मौसम र खानपानको लापरबाहीले स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापारमा मन्दी आउने सम्भावना छ। पुराना समस्या दोहोरिन सक्छन्। माया–प्रेममा अविश्वास बढ्दा असमझदारी हुन सक्छ। लामो यात्रा स्थगित गर्नु उपयुक्त हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

जीवनसाथी वा परिवारको सहयोगले काममा सफलता मिल्नेछ। सवारी साधन वा विलासी वस्तु प्राप्तिको सम्भावना छ। माया–प्रेममा नजिकिने अवसर मिल्नेछ। यात्राको लागि समय सामान्य छ। प्राकृतिक विपद् वा जोखिममा सतर्क रहनुहोस्।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

माया–प्रेम र पारिवारिक जीवन सन्तोषप्रद हुनेछ। बुद्धिको प्रयोगले आम्दानी बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। पुराना ऋण चुक्ता गर्न सकिनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा ख्याल गर्नुहोस्।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

बौद्धिक क्षमता बढ्नेछ। अध्ययन, अध्यापन र यात्राका अवसर मिल्नेछन्। परिवारसँग रमाइलो समय बित्नेछ। कार्यक्षेत्रमा प्रशंसा र उपहार प्राप्ति सम्भावना छ। सन्तान पक्षमा खुसीको समाचार सुन्न सकिनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

साथीभाइ वा आफन्तसँग राय नमिल्दा असहजता आउन सक्छ। निर्णयमा ढिलाइ नगर्नुहोस्। घर–जग्गा वा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। सामाजिक क्षेत्रमा ध्यानपूर्वक काम गर्नु उपयुक्त हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

प्रियजन नजिक हुँदा मन रमाउनेछ। परिवारसँग मिष्टान्न भोजनको अवसर मिल्नेछ। व्यापारमा वृद्धि र सम्पत्ति आर्जनको सम्भावना छ। धर्म र सामाजिक कार्यमा रुचि बढ्नेछ। यात्राको लागि समय मध्यम छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख,खी,खू,खे,खो,गा,गी)

कुटुम्ब वा परिवारको सहयोग प्राप्त हुनेछ। माया–प्रेममा विश्वास बढ्नेछ। बोलेर काम बनाउन सकिनेछ। खानेकुराको व्यवसाय वा व्यापारमा वृद्धि हुनेछ। आम्दानी बढ्नेछ, यात्रा मध्यम छ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

माया–प्रेममा खुसी मिल्नेछ। राजनीति वा समाजसेवामा संलग्नहरूले सहयोग र समर्थन पाउनेछन्। सामाजिक सञ्जालमार्फत आफ्ना विचार फैलाउन सकिनेछ। सवारी साधन वा यात्रा गर्दा ध्यान दिनुहोस्।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

स्वास्थ्यमा समस्या आउन सक्छ, औषधि खर्च बढ्ने सम्भावना छ। व्यापारमा समय लगानी गरे मात्र लाभ हुनेछ। विदेश यात्रा वा अध्ययनका अवसर खुल्नेछन्। सवारी साधन चलाउँदा वा लामो यात्रा गर्दा सावधानी अपनाउनुहोस्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट