Techie IT
२०८२ कार्तिक २३, आइतबार

आजको राशिफल हेर्नुहोस्


वि.सं.२०८२ साल कार्तिक २३ गते । आइतबार । ईश्वी सन् २०२५ नोभेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २७ घडी १० पला । रैवारप्रेसका लागि ज्यो. प. जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेश हेर्नुहोस् -‍

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

माया–प्रेममा सामीप्यता बढ्नेछ तर अत्यधिक विश्वास गर्दा धोका पाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ, गन्तव्य भेटिने संकेत छन्। दाजुभाइ र छिमेकीसँग सम्बन्ध सुधारिनेछ। नयाँ लगानीले फाइदा ल्याए पनि खर्च पनि बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्यमा सानो समस्या आउन सक्छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

साथीभाइको साथ र सहयोग पाइनेछ। अध्ययन–अध्यापनमा सुधार, बौद्धिक काममा सफलता मिल्नेछ। व्यापार, शेयर बजार वा फलफूल, खाद्यान्न व्यवसायमा लगानी फाइदाजनक हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले प्रतिष्ठा बढ्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

स्वास्थ्यमा समस्या आउन सक्छ, मनोबल घट्ने सम्भावना छ। काममा ढिलाइ हुनसक्छ, तर आफन्तको साथ पाइनेछ। बोलीमा संयम अपनाउनुहोस्, विवाद टार्न सकिनेछ। पढाइमा ध्यान दिन नसक्दा पछाडि पर्न सक्ने सम्भावना छ, तर प्रेम सम्बन्धमा अन्ततः समझदारी बढ्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

खानपानमा असावधानीले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। लामो दुरीको यात्रा वा विदेश सम्बन्धी काममा सफलता मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। राजनीति भन्दा कृषि वा पशुपालनमा राम्रो परिणाम आउनेछ। मित्र सहयोगी सिद्ध हुनेछन्।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आत्मबल कमजोर हुनसक्छ, त्यसैले काम गर्दा ध्यान दिनुहोस्। फलाम वा निर्माणसँग सम्बन्धित काममा फाइदा हुनेछ। दाजुभाइसँग सहकार्य गरी अघि बढ्नु लाभदायक हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

उत्साह र इच्छाशक्ति बढ्नेछ। नयाँ काम आरम्भ गर्न अनुकूल समय छ। बोलीको प्रभावले मान–सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो परिणाम आउने सम्भावना छ। परिवारमा आत्मीयता र प्रेम बढ्नेछ। स्वास्थ्य सामान्यतया ठीक रहनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

शैक्षिक वा धार्मिक यात्राको सम्भावना छ। धार्मिक तथा प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। शिक्षा, शेयर बजार वा खाद्यान्न व्यवसायमा लाभ हुनेछ। अप्रिय समाचारले केही समय मन खिन्न हुन सक्छ, तर परिवारको साथले सहजता ल्याउनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

व्यापारमा घाटा वा ढिलाइको सम्भावना छ। माया–प्रेममा असमझदारी आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। समाजसेवामा रुचि बढ्नेछ, जसले आत्मसन्तोष दिलाउनेछ। दाजुभाइको साथ लिएर अगाडि बढेमा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

व्यापार तथा शेयर बजारमा लाभ हुनेछ। रमाइलो यात्रा र नयाँ मित्रता बन्ने सम्भावना छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीति र नेतृत्वमा पहुँच बढ्नेछ। खानपानमा असावधानीले स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

शत्रु र बाधाबाट मुक्ति मिल्नेछ। न्यायिक काममा सफलता आउनेछ। साथी र मामा पक्षको सहयोग प्राप्त हुनेछ। परिवारमा सामान्य मनमुटाव आउन सक्छ, त्यसैले कम बोल्नु हितकर हुनेछ। खर्चमा नियन्त्रण राख्नु राम्रो।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यापार र शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइ वा दिदीबहिनीसँग सानो मतभेद आउन सक्छ, तर संवादले समाधान हुनेछ। सन्तान वा अनुयायीको सहयोग पाइनेछ। पुराना प्रेम सम्बन्ध पुनः सुचारु हुनसक्छन्। गणेशको पूजा लाभदायक हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी टाउको वा पेटसम्बन्धी। आमासँग दूरी वा पारिवारिक चासोले मन खिन्न बनाउनेछ। राजनीति वा समाजसेवामा आलोचनात्मक समर्थन पाइनेछ। कृषि र पशुपालन व्यवसायमा राम्रो फाइदा हुनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट