Techie IT
२०८२ पौष २१, सोमबार

२०८२ मंसिर महिनाको राशिफल हेर्नुहोस्


रैवारप्रेसका लागि ज्योतिष पण्डित कुशराज उपाध्यायले तयार पार्नुभएको मंसिर महिनाको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र मंगलको अष्टम भावमा गोचरले गर्दा करियर र व्यापार व्यवसायमा मेहनत धेरै लाग्नेछ। नयाँ अवसरहरू हात लागे पनि लाभ लिन नसकिएला। परामर्श र अनुसन्धानको काम प्रभावी देखिएको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीको कार्यक्षेत्रमा प्रगति हुनेछ। वैवाहिक जीवनको लागि यो महिना चुनौतीपूर्ण रहनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बृष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र मंगलको सप्तम भावमा गोचरले साझेदारी व्यापारमा राम्रो आयआर्जन गर्न सकिनेछ। अनावश्यक खर्च वा ऋणको जोखिम बढ्नेछ साबधान रहनुहोला। ११ गते पछि शुक्रको सप्तम भावमा गोचरले गर्दा आर्थिक निर्णयहरुमा विवेकको प्रयोग गर्नुहोला। शुक्रको सप्तम भावमा गोचरले वैवाहिक सम्बन्धमा समझदारी बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। षष्ठम भावमा सूर्य र मंगलक‍ो गोचरले वैदेशिक निवेश र उद्योग व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिएला। ११ गतेपछि शुक्रको गोचरले गर्दा शत्रुहरू पराजित हुनेछन। भाषण र अभिव्यक्तिको कलामा निखार आउनेछ। संघर्षबाट राम्रो सफलता आर्जन गर्न सकिनेछ। प्रेम सम्बन्धलाई लिएर यो महिना सामान्य रहेको छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। पञ्चम स्थानमा सूर्य र मंगलको गोचरले रचनात्मक कार्यमा मन लाग्नेछ। मित्रहरू को माध्यमले राम्रो आय आर्जन गर्न सकिनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। ११ गतेपछि शुक्रकोको पञ्चम भावमा गोचरले प्रेम सम्बन्ध सुमधुर रहनेछ। मिडियाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र मंगलको गोचरले गर्दा कार्यक्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ। जग्गा जमिन वा पैतृक सम्पत्तिबाट विशेष लाभ आर्जन गर्न सकिनेछ साथै व्यापारबाट पनि राम्रो लाभ कमाउन सकिनेछ। आर्थिक बिषयमा आत्येर निर्णय नलिनुहोला। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्य र मंगलको तृतीय स्थानमा गोचरले गर्दा धैर्य र पराक्रममा वृद्धि हुनेछ। यात्रामा र उच्च शिक्षामा राम्रो सफलता मिल्नेछ। संचार क्षेत्रमा र साझेदारी व्यापारमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। ११ गतेपछि शुक्रको तृतीय स्थानमा गोचर गर्दा व्यापारलाई स्थिरता दिन सकिनेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्य र मंगलको द्वितीय स्थानमा गोचरले गर्दा आर्थिक क्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ। धन सञ्चयमा अवरोध वा आकस्मिक धन खर्चका योग छन्। ११ गते पछि शुक्रको द्वितीय स्थानमा गोचरले संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। भाषण र अभिव्यक्तिको कलामा निखार ल्याउने समय रहेको छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। लग्नमा सूर्य र मंगलको गोचरले गर्दा आय आर्जनका नयाँ सम्भावित स्रोतहरू खुल्नेछन्। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। ११ गते पछि शुक्रको लग्नमा प्रवेशले गर्दा खर्चमा वृद्धि हुनेछ। व्यक्तित्वमा आकर्षण र आत्मविश्वास झल्किनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। द्वादश भावमा सूर्य र मंगलको गोचरले गर्दा आर्थिक पक्षमा सतर्कता अपनाउनुपर्ने हुन्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अनावश्यक खर्च बढ्नाले परिवारसँग मतभेदका योग छन्। वाणीले गर्दा समस्या आइपर्ला। आर्थिक योजनामा विवेकको प्रयोग गर्नुहोला। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। एकादश भावमा सूर्य र मंगलको गोचरले सेवामूलक कार्यबाट सफलता मिल्नेछ। सामाजिक कार्यले मान प्रतिष्ठा बढाउनेछ। ११ गते सम्म दशम भावमा शुक्रको प्रभावले चलचित्र वा कलाकारिताको क्षेत्रमा विशेष सफलता मिल्नेछ। पिताको आयमा वृद्धि हुनेछ। ११ गतेपछि शुक्रको एकादश भावमा गोचरले कमिसन र शेयर बजार बाट राम्रो लाभार्जन गर्नसकिने योग छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। दशम भावमा सूर्य र मंगलको गोचरले नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। होटल म्यानेजमेन्ट र सल्य चिकित्साको क्षेत्रबाट विशेष सफलता मिल्नेछ। ११ गते पछि शुक्रको दशम भावमा गोचरले चलचित्र वा सौन्दर्य गत सामानको व्यापारबाट More...

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशि हुनेहरूको लागि समय अनुकूल रहेको छ। सूर्य र मंगलको नवम स्थानमा गोचरले उच्च शिक्षा लाई लिएर नयाँ मार्ग प्रदर्शित हुनेछ। वैदेशिक शिक्षामा पनि सफलता मिल्नेछ। सामाजिक वा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। धर्म कर्ममा मन जानेछ। कार्यक्षेत्रमा हजुरको निर्णय गर्ने क्षमताको प्रशंसा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट