मंसिर ०६ गते देखि १२ गते सम्मको राशिफल हेर्नुहोस्
रैवारप्रेसका लागि ज्योतिष पण्डित कुशराज उपाध्यायले तयार पार्नुभएको मंसिर ०६ गते देखि १२ गते सम्म को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा धर्मकर्ममा रुचि बढ्नेछ। साताको मध्यमा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ आर्जन सकिनेछ। अप्ठ्यारो परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। सदैव गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ७ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा फजुल खर्चबाट बच्नुहोस्। साताको मध्यमा विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ साथै आध्यात्मिक ज्ञानमा वृद्धी हुनेछ। साताको अन्तिममा व्यावहारिक पक्ष सबल रहनेछ। महत्वपूर्ण योजनाहरूको थालनी हुनेछ। सदैव देवी दुर्गालाई रातो फुल चढाएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक ५ र ७ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा साझेदारी व्यापारमा लाभ हुनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर आहारविहारमा सजगता अपनाउनुहोस्। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। साताको अन्तिममा सांस्कृतिक वा धार्मिक संघ समारोहमा सहभागी भइएला। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा आर्थिक लेनदेन तथा व्यावहारिक निर्णयहरूमा विशेष सतर्कता अपनाउनुहोस्। श्रमको उचित मूल्यांकन नमिल्ला। साताको मध्यमा दाम्पत्य जीवन सुमधुर रहनेछ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। साताको अन्तिममा कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। कार्यक्षेत्रमा बलभन्दा बुद्धिको उपयोगले कार्य गर्नुहोस्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र कलेजी हो भने शुभ अंक ४ र ५ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा पारिवारिक सद्भावमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। साताको मध्यमा शैक्षिक क्षेत्र फराकिलो हुनेछ। बुद्धिको उपयोगले कार्य सिद्ध गर्न सकिनेछ। साताको अन्त्यमा प्रतिष्ठित कार्य गर्न सकिनेछ। समाजमा मानसम्मान बढ्नेछ। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र रातो हो भने शुभ अंक ४ र ६ रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा चर्चित कार्य सम्पादन हुनुका साथै नयाँ कार्य तर्फ अग्रसर भइनेछ। समय अनुसार चल्ने प्रयास गर्नुहोस्। साताको मध्यमा व्यापार व्यवसायमा भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। साताको अन्तिममा विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि विदेशतिर जाने मार्ग प्रशस्त हुनेछ। आलस्यले गर्दा अवसर गुमाउन सकिनेछ सावधान रहनुहोस्। सदैव काल भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र गुलाबी हो भने शुभ अंक ३ र ५ रहेको छ
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साताको मध्यमा पारिवारिक सद्भावमा मनमुटाव आउनेछ। साताको अन्तिममा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। भावनामा आएर निर्णय नलिनुहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र हरियो हो भने शुभ अंक ३ र ७ रहेको छ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा आफन्तहरूको सहयोगले कार्यक्षेत्रमा नँया अवसर दिलाउनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साताको मध्यमा| विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। भाग्यको साथ मिल्नेछ। साताको अन्तिममा प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक ५ र ८ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा सेवामूलक कार्यबाट धेरैको उपकार गर्न सकिनेछ। पद प्रतिष्ठाको मर्यादा बनाएर राख्नुहोस्। साताको मध्यमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्।परिवारमा जग्गा जमिनलाई लिएर विवाद बढ्ला। साताको अन्तिममा समय र अवस्था विचार गरेर आफ्नो कुरालाई राख्नुहोस्। आफूभन्दा साना भाइबहिनीहरूसंग आत्मयीता बढ्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र निलो हो भने शुभ अंक २ र ५ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा उच्चशिक्षाको लागि विदेशतिर ताक्नेहरूलाई उपयुक्त समय रहेको छ। योग्यताको उचित मूल्यांकन हुनेछ। साताको मध्यमा नौकरी वा पेशामा पदोन्नतिका योग छन्। समय अनुसार कामको व्यवस्थापन गर्न सकिनेछ। साताको अन्तिममा सकेसम्म तटस्थ वा शान्त मनले निर्णयहरू लिनुहोला। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र बैजनी हो भने शुभ अंक ३ र ६ रहेको छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। नयाँ लगानी लगाउन उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। साताको अन्तिममा विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्न अवसर मिल्नेछ। भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र केशरी हो भने शुभ अंग ४ र ८ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा नोकरी वा पेशामा प्रभाव बढ्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। साताको मध्यमा परिस्थितिले नयाँ मार्ग तर्फ अग्रसर गराउला। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। साताको अन्त्यमा भौतिक सुख सुविधामा धन खर्च हुनेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र सुन्तला हो भने शुभ अंक १ र ६ रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस