Techie IT
२०८२ असार २, सोमबार

आजको राशिफल (फाल्गुन २७)


वि.सं. २०८१ साल फाल्गुन २७ गते । मङ्गलवार । फागुन शुक्ल पक्षको द्वादशी तिथि।  ईश्वी सन् २०२५ मार्च ११ तारिख । नेपाल संवत् ११४५ ।तिथि–द्वादशी, ८ घडी १६ पला, बिहान ९ बजेर ३९ मिनेट उप्रान्त त्रयोदशी । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ९ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्

मेष – आजको दिन भौतिक सम्पत्ति तथा सवारीसाधन प्राप्तिको सम्भावना देखिन्छ। धार्मिक तथा सामाजिक क्षेत्रमा तपाईंको सक्रियता देखिनेछ र यसले मान-सम्मानमा वृद्धि हुने सम्भावना छ । आमाको साथ वा परिवारको सहयोगले तपाईंले खोजिरहेको लक्ष्यसम्म पुग्न सहज हुनेछ । अध्ययनको क्षेत्रमा प्रगति हुनेछ भने पढाइकै सिलसिलामा टाढाको यात्रा गर्न सकिने सम्भावना पनि छ । नयाँ काम पाइने वा जागिरमा सरुवा हुने सम्भावना छ। यद्यपि खर्चमा वृद्धि हुने तथा जग्गासम्बन्धी साना विवाद सिर्जना हुन सक्ने संकेत देखिन्छ।

वृष – महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्न सकिने समय हो। आर्थिक क्षेत्रमा सुधार ल्याउन सकिनेछ भने लेखन वा बोलीमार्फत नाम कमाउने सम्भावना पनि प्रबल छ। स्वास्थ्यमा केही समस्या सुधार हुने देखिन्छ, विशेष गरी घाटीसम्बन्धी। दाजुभाइ र आफन्तको साथ सहयोग मिल्नेछ। छोटो दूरीको यात्रा सम्भव छ र प्रेम सम्बन्ध पनि बलियो बन्दै जानेछ। जीवनसाथीको साथ पाइनेछ तर वित्तीय क्षेत्रमा लगानी गर्दा केही समय पर्खनु उपयुक्त हुनेछ।

मिथुन – नजिकका आफन्त र परिवारबाट काममा सहयोग पाइनेछ। पढाइ लेखाइमा ध्यान जाने हुनाले सफलता प्राप्त हुनेछ। आयको नयाँ स्रोत पहिचान हुनेछ, जसले गर्दा आर्थिक अवस्था सुधार हुने सम्भावना छ ।  शेयरबजार वा अन्य ठूला लगानीका विषयमा निर्णय गर्दा केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ ।

कर्कट – व्यापारबाट राम्रै लाभ प्राप्त हुनेछ। पहिल्यै छोडेको वा सफल नहुने आशंका राखिएको काम आज बन्ने सम्भावना छ । आफन्त, साथीभाइको सहयोगमा नयाँ योजना सुरु गर्न सकिने दिन छ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने छ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शेयर बजारमा गरिएको लगानीबाट आज फाइदा उठाउन सकिने देखिन्छ ।

सिंह – स्वास्थ्यसँग सम्बन्धित व्यापार वा विदेशबाट आयातित वस्तुको कारोबारमा वृद्धि हुने सम्भावना छ । लामो दूरीको विदेश यात्रा वा त्यहीँ रोजगारी प्राप्त हुने योग देखिन्छ । प्रेम सम्बन्ध सफल हुने संकेत छ । अध्ययनप्रति रुचि बढ्नेछ र प्रविधिको प्रयोगबाट नयाँ ज्ञान प्राप्त गर्न सकिनेछ।  ऋण, रोग तथा शत्रुबाट छुटकारा मिल्नेछ ।

कन्या – पहिले रोकिएको वा स्थगित भएको काम सम्पन्न हुनेछ । बैंकिङ, वित्तीय संस्था र शेयरबजारमा लगानीबाट लाभ मिल्नेछ । प्रतियोगितामा सफलता मिल्नेछ र विरोध गर्नेहरू आफै किनारा लाग्नेछन् । योजना गोप्य राख्दै अघि बढ्दा सफलता प्राप्त हुनेछ । आत्मबल र मिहिनेतले आज तपाईंलाई अगाडि बढाउनेछ ।

तुला – सामाजिक र राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। मान-सम्मान र प्रतिष्ठा बढ्ने समय हो। यात्रा, रमाइलो तथा आत्मीय साथीहरूका साथ समय बिताउने सम्भावना छ । कामप्रति उत्साह जाग्नेछ । न्यायसम्बन्धी उल्झनहरू कम हुँदै जानेछ । प्रविधिको प्रयोगबाट आफ्नो सोच जनमानसमा लैजान सकिनेछ । आर्थिक क्षेत्रमा पनि लगानी लाभदायक हुने सम्भावना छ ।

वृश्चिक – भाग्य बलियो रहेको दिन छ । हिम्मतले काम गर्न सकिने र सफलता हात पार्ने सम्भावना प्रबल छ । अध्ययन तथा अनुसन्धानमा सफलता प्राप्त हुनेछ । प्रेम सम्बन्धमा पनि समयले साथ दिनेछ।  धार्मिक यात्रा वा धार्मिक क्षेत्रमा संलग्नताबाट मानसिक सन्तुष्टि मिल्नेछ ।

धनु – अकल्पनीय लाभ प्राप्त हुने सम्भावना छ । गहिरो अध्ययन, अनुसन्धान वा बौद्धिक काममा व्यस्त रहनु पर्ने दिन छ । प्रेम र व्यापार दुबैमा सफलता मिल्नेछ । शेयरबजार वा लगानीका लागि समय अनुकूल देखिन्छ । तर लामो दूरीको यात्रा गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ । स्वास्थ्यमा सानो समस्या देखिन सक्छ ।

मकर – जागिरमा व्यस्तता रहनेछ तर कर्मक्षेत्रमा सफलता मिल्नेछ । उच्चपदस्थ व्यक्तिको विश्वास जितिनेछ । व्यापार व्यवसाय फस्टाउनेछ र नयाँ आम्दानीको स्रोत फेला पर्नेछ । प्रेम जीवनमा सफलता मिल्नेछ । विलासी वस्तुको प्रयोगबाट अरूको ध्यान आकर्षित गर्न सकिनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ – छोटो दूरीको यात्रा सफल बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ । नयाँ रोजगारी प्राप्त हुने सम्भावना प्रबल देखिन्छ । व्यापारमा राम्रो प्रगति हुनेछ, विशेषगरी निर्माण सामग्री वा खाद्यान्न क्षेत्रमा। प्रेम सम्बन्ध सुदृढ हुनेछ। शारीरिक कमजोरी वा ऋण सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ।

मीन – प्रिय व्यक्तिबाट उपहार पाउने सम्भावना छ । प्रेम सम्बन्धमा मिठास आउन सक्छ । व्यापार तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । यात्राको अवसर जुर्नेछ, विशेषतः वैदेशिक। अध्ययन वा पेसागत कामका लागि टाढाको यात्रा लाभदायक हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट