Techie IT
२०८२ वैशाख १७, बुधबार

आजको राशिफल (वैशाख १७)


आज विक्रम संवत २०८२ साल वैसाख १७ गते, बुधबार । वैशाख शुक्ल पक्षको तृतीया थिति। नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । काठमाडौंंमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशिले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् -

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन तपाईंको पारिवारिक जीवनमा सुमधुरता ल्याउने छ । आफन्त र कुटुम्बका सदस्यबाट सहयोग प्राप्त गर्न सकिनेछ । अध्ययन र अनुसन्धानमा लगाएको समयले सकारात्मक नतिजा दिनेछ । नयाँ लगानी र दीर्घकालीन व्यवसायमा थप अवसर प्राप्त हुन सक्छ । आजको दिन तपाईंका लागि विशेष फाइदाजनक रहनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आज तपाईं पुराना कामबाट लाभ प्राप्त गर्ने मौका पाउनुहुनेछ । व्यापार र शेयर बजारमा पनि राम्रो आम्दानी हुने समय छ । समयको राम्रो सदुपयोग गर्दा तपाई समाजमा नाम कमाउन सक्नुहुन्छ । प्रेममा रहेका जोडीहरूको सम्बन्ध अझ प्रगाढ हुनेछ र नयाँ प्रेम प्रस्तावहरू पनि आउन सक्छन् । विद्यार्थीहरूले आफ्नो अध्ययनमा राम्रो प्रगति गर्नेछन् र आफन्त तथा गुरुहरूलाई गर्वित पार्नेछन् ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आजको दिन तपाईंको आर्थिक पक्ष कमजोर रहने सम्भावना छ ।  प्रेम जीवनमा विश्वासको कमी आउने हुँदा लामो समयदेखि चलिरहेको सम्बन्धमा टुटफुट आउन सक्छ । स्वास्थ्यको ख्याल राख्नु आवश्यक छ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आज तपाईंको अध्ययन र कार्यमा सुधार आउनेछ । तपाईंले अरूलाई पछाडि पार्दै महत्वपूर्ण सफलता प्राप्त गर्न सक्नुहुन्छ । परिवारका आवश्यकताहरू पूरा गर्न सफल हुनेछन् र आफुले माया गर्ने व्यक्तिसँग बढी समय विताउन पाउनुहुनेछ । व्यापारमा सफलता प्राप्त हुनेछ र नयाँ अवसरहरूको खोजी हुनेछ । कुनै महत्वपूर्ण कामको प्रस्ताव पनि आउन सक्छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज तपाईंलाई नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ  । नोकरीमा पदोन्नति हुने संभावना छ । व्यापार र शेयर बजारमा लगानी गर्न उचित समय छ ।  माया प्रेममा सामिप्यता बढ्नेछ । राजनीतिमा संलग्न व्यक्तिहरूको लागि पनि जनताको समर्थन प्राप्त हुने छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आजको दिन तपाईंको अध्ययन र लेखाइमा राम्रो प्रगति हुनेछ । खोज र अनुसन्धानमा तपाईंले सकारात्मक नतिजा प्राप्त गर्नुहुनेछ । व्यवसायमा लगानी बढाएर राम्रो आम्दानी गर्न सकिने छ । नयाँ अवसर प्राप्त हुने र स्थानान्तरणको योग बनिरहेको छ । तपाईंका पुराना कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रको यात्रा गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आज व्यापारमा लगानी नगर्नु नै उपयुक्त हुनेछ । पारिवारिक जीवनमा तनाव आउने सम्भावना छ । आफन्त र साथीहरूको बीचमा विवाद उत्पन्न हुन सक्छ । स्वास्थ्यमा पनि केही समस्याहरू देखिन सक्छ । यदि तपाईंले अध्ययन र काममा ध्यान दिनु भएन भने पछि पछाडि पर्ने सम्भावना छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आर्थिक पक्ष बलियो रहनेछ र तपाईंले नयाँ भौतिक सम्पत्ति, विलासी वस्तुहरू आदि जम्मा गर्न सक्नुहुनेछ । लामो समयदेखि प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नका लागि प्रक्रिया अगाडि बढ्न सक्छ । व्यापार र लगानी फस्टाउनेछ । शिक्षा र ज्ञानको क्षेत्रमा समय खर्च गर्नेहरूले आशा गरेअनुसार नतिजा पाउनेछन् । लामो यात्रामा जान सकिन्छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आज पुराना कामहरू पूरा हुनेछन् र तपाईंको मन प्रफुल्लित हुनेछ । नोकरी र अध्ययनको क्षेत्रमा प्रतिस्पर्धामा तपाईंको स्थान अग्रणी हुनेछ । निर्माण सामग्री, खाद्यान्न वा गहना व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त र मावलीको सहयोग प्राप्त हुनेछ र न्यायको क्षेत्रबाट न्याय प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूले यात्रा गर्ने अवसर प्राप्त गर्नेछन् ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
आज प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ । शिक्षा र अनुसन्धानमा राम्रो प्रगति हुनेछ । लगानीबाट मनग्गे लाभ हुनेछ । तपाईंको परिवारको प्रगति र सफलता तपाईंलाई खुशी दिनेछ । सन्तानको उन्नति र प्रगतिको देखेर तपाईंको मन प्रसन्न हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।  कृषि र पशुपालन व्यवसायमा फाइदा लिन सकिन्छ । माया प्रेममा सामान्य मनमुटावको सम्भावना छ । त्यसैले केही कुरा सोचविचार गरेर गर्नु उपयुक्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज तपाईंको सामाजिक प्रतिष्ठा बढ्ने छ  । परिवारको सहयोगले तपाईंलाई उत्साहित र प्रेरित बनाउनेछ । बौद्धिक काम र उद्योगमा लगानी गर्दा लाभ हुने सम्भावना छ । छोटो र रमाइलो यात्रा गर्न पनि अवसर मिल्नेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट