आजको राशिफल (२०८२ वैशाख ३१, बुधबार)

आज विक्रम संवत २०८२ साल वैसाख ३१ गते, बुधबार । ईश्वी सन् २०२५ मे १४ तारिख । नेपाल संवत् ११४५ । जेठ कृष्ण पक्षको द्वितीया तिथि । उत्तरायणं । वसन्त ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेट । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस् ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
खानपान र वातावरणप्रति सजग रहनुपर्ने छ । सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । सरकारी काममा सावधानी अपनाउनु होला। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुन सक्छ । साथी तथा आफन्तको सल्लाह अस्वीकार गर्दा नोक्सानी हुन सक्छ । अध्ययनमा ध्यान नदिँदा पछाडि पर्ने डर छ ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
उद्योग, व्यापार वा शेयरबजारमा लगानीका अवसर मिल्नेछ। शुभचिन्तकको सहयोग पाउने समय छ । भौतिक सम्पत्तिको प्रयोगले प्रभाव जमाउन सकिनेछ । पारिवारिक सहयोगमा लक्ष्य हासिल गर्न सकिने । प्रेमसम्बन्धका लागि पनि राम्रो समय हो ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
प्रतिस्पर्धामा सफलता मिल्नेछ । पुराना समस्या समाधान हुनेछन् । आर्थिक स्थिति बलियो बन्नेछ । अध्ययनमा सफलता मिल्ने संकेत छन् । प्रेममा आत्मीयता बढ्नेछ । जीवनसाथीसँग रमाइलो यात्राको सम्भावना छ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
शिक्षामा ध्यान दिने समय छ । लगानी फस्टाउनेछ । बैक, वित्तीय क्षेत्र वा शेयरबजारबाट आम्दानी हुनेछ । व्यापारमा फाइदा हुनेछ । वंशवृद्धिको योग रहेको छ । उपहार प्राप्त हुने दिन हो ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
प्रेम सम्बन्धमा खटपटको सम्भावना छ । जीवनसाथीको असहयोगले काममा ढिलाइ हुनेछ । राजनीतिमा समय बिते पनि नतिजा न्यून रहन सक्छ । व्यापारमा लगानी गरे पनि परिणाम पाउन संघर्ष गर्नुपर्नेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सानो कामबाट ठूलो लाभ उठाउन सकिनेछ । पढाइमा प्रगति हुनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । बुद्धिको प्रयोगले लाभ हुनेछ । नयाँ अवसर पाइने समय छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कला, साहित्य र संगीतमा संलग्न रहनेको लागि राम्रो दिन हो । प्रेममा प्रगाढता आउँछ । काम समयमा सम्पन्न हुनेछ । आम्दानीका नयाँ बाटा खुल्नेछन् । बौद्धिक क्षमताको कदर हुनेछ ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
राम्रो पहिरन र व्यवहारले प्रभाव बढ्नेछ । पढाइमा सुधार हुनेछ । समाजसेवामा जनसमर्थन पाइनेछ । व्यापार वा शेयरबजारमा लगानी गर्दा लाभ मिल्नेछ । पारिवारिक जमघट रमाइलो हुनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
तयारी बिना ठूलो काम थाल्दा नोक्सानी हुन सक्छ । प्रेम सम्बन्ध टाढा रहनु उपयुक्त हुनेछ । परिवारमा विवाद हुनसक्छ । विदेशी व्यापारमा लाभ मिल्नेछ । स्वदेशी व्यापारमा मेहनत गर्नुपर्ने दिन छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सवारी वा अन्य सम्पत्तिमा लाभ मिल्नेछ । पढाइमा सुधार हुने दिन छ । रोकिएका काम बन्नेछन् । नयाँ योजना थाल्न सकिनेछ । पैत्रिक सम्पत्तिबाट फाइदा मिल्ने संकेत छ ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सरकारी वा पैत्रिक सम्पत्तिबाट फाइदा हुनेछ । राजनीति वा सामाजिक क्षेत्रमा पद वा नाम पाउने सम्भावना छ । शत्रु परास्त हुनेछन् । व्यापारमा राम्रो फाइदा हुनेछ । आत्मविश्वास बलियो रहने दिन छ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शिक्षामा राम्रो प्रगति हुने दिन छ । धार्मिक काममा रुचि बढ्नेछ । बन्द व्यापार पुनः चल्नेछ । प्रेममा आत्मीयता बढ्नेछ। प्रशासनिक क्षेत्रमा सफल सहभागिता रहनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस