गत भदौ १० गतेको बाढीले त्रिशूली र तादी नदीमा रहेका अधिकांश पुलहरू बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। बाढीले विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल र सडक संरचनामा समेत व्यापक क्षति पुर्याएपछि आवागमन अवरुद्ध भएको छ।अवरुद्ध यातायातलाई यथा�...