“भोलिका लागि बचत गरौँ” भन्ने वित्तीय चेतनालाई पछिल्लो समयको न्यून ब्याजदर र बजारको उच्च मूल्यवृद्धिले गम्भीर चुनौती दिन थालेको छ। बैंकमा पैसा राखेर भविष्य सुरक्षित गर्ने सर्वसाधारणले पाउने ब्याजदर मुद्रास्फीतिभन्दा तल झरेपछि निक्षेपकर्ताको पैसाको वास्तविक मूल्य निरन्तर घटिरहेको छ।नेपाल राष्ट�...