उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको छ। शुक्रबार अदालतको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै न्यायाधीश बामदेव ज्ञवालीले कुल लगतमा रहेका २ हजार १६३ मुद्दामध्ये १ हजार ३५४ मुद्दा फर्छ्यौट भएको जानकारी दिए, जुन प्रतिशतका �...