झापा, पाल्पा र कपिलवस्तुका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ।झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै कारको ठक्करबाट भद्रपुर-९ की ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको छ। बुधबार बिहान प्र.१-०१-००२ च ०००५ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भए...