Techie IT
२०८३ श्रावण १७, आइतबार

दाङमा भारतीय पर्यटक चढेको कार दुर्घटना


दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते भएका छन्।

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब पाँच फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते हुनेहरूमा २५ वर्षीय रवि महमद, ३४ वर्षीया फराह शेख, ६ वर्षीया रिफा शेख र ३२ वर्षीय सनी कुमार रहेका छन्।

घाइते सबै भारतीय नागरिक हुन्। उनीहरूको अहिले राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार भइरहेको छ। चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट