प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। मङ्गलबार साँझ बसेको प्रदेशसभा बैठकले प्रतिपक्षी सांसदहरूको अनुपस्थितिमै सरकारको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक बहुमतले पारित गरेको हो।सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस...