Techie IT
२०८२ पौष २, बुधबार

दुई स्कुटर एकआपसमा ठोक्किँदा पूर्वनगरप्रमुख टीपी शर्मा तिमल्सिना गम्भीर घाइते


काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बीस किलोमा दुई स्कुटर एकआपसमा ठोक्किँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन्।

शनिबार बिहान बीपी राजमार्गको सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटर र पूर्वनगरप्रमुख तिमल्सिना सवार बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।

दुर्घटनामा टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए।

पूर्वमेयर तिमल्सिना स्कुटर उनका छोरा किशोर तिमल्सिनाले चलाइरहेका थिए भने उनी पछाडि सवार थिए। किशोर सामान्य घाइते भएका छन्।

त्यस्तै, अर्को स्कुटर चालक दोलखा मेलुङ–३ घर भई हाल काभ्रेको रोशी–८ बसोबास गर्दै आएका २६ वर्षीय निमा तेम्वा थोकर पनि सामान्य घाइते भएका छन्। उनको मेथिनकोट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट