तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार टोली परिचालन

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्दा ठूलो दुर्घटना भएको छ।
बा २ ख १०७७ नम्बरको बस नारायणगढबाट गोरखा जाँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनाको जानकारी पाएपछि उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका टोली घटनास्थलमा खटिएका छन्।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट टोली परिचालन गरिएको छ।
हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस