Techie IT
२०८२ श्रावण २६, सोमबार

उदयपुरमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, सहचालक गम्भीर घाइते


उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

आज अपराह्न ४:२० बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनास्थलमै मगरको मृत्यु भएको हो । दुर्घटनाका क्रममा ट्रक अनियन्त्रित भई सहचालक दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जी गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दर्जीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट