Techie IT
२०८२ भाद्र २, सोमबार

बूढानीलकण्ठमा मोटरसाइकल–स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते


काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आज बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, करिब २८–३० वर्षका एक पुरुष र ३०–३२ वर्षका अर्का युवक गम्भीर घाइते भएका छन्। दुबै जनाको टाउकोमा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

तर, दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई उपचारका क्रममा बिहान २:१५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। त्यस्तै, करिब ३५ वर्षका अझै परिचय नखुलेका एक पुरुषलाई पनि सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट