Techie IT
२०८२ भाद्र १७, मंगलबार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


देशका विभिन्न स्थानमा आइतबार र सोमबार भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

बारा – जीतपुरसिमरा उपमहानगरपालिका–२, पानी ट्याङकीस्थित सडकमा बा.९० प ६७९४ नम्बरको मोटरसाइकल र बा.प्र.०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीका २८ वर्षीय महेश पण्डित र रौतहटका २५ वर्षीय रोशन चौधरी उपचारका क्रममा क्रमशः एलएस न्यूरो अस्पताल परवानीपुर र प्रादेशिक अस्पताल कलैया, बारामा निधन भएका हुन्। सो मोटरसाइकलमा सवार अन्य एक जनाको भने एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रुपन्देही (बुटवल) – बुटवल उपमहानगरपालिका–१०, औद्योगिक क्षेत्र अगाडि लु.१ ख ९२७२ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री तिलोत्तमा नगरपालिका–१० का ५८ वर्षीय लालबहादुर हरिजनको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी सैनामैना नगरपालिका–१०, फायरलाइनस्थित सडकमा लु.२ ख ६७६१ नम्बरको बसले लु.२९ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची सितगंगा नगरपालिका–१ का १९ वर्षीय सुवास बुढाथोकीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको साझा अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो। सो बस चालक पनि प्रहरी नियन्त्रणमा रहेको छ।

काठमाडौँ – चन्द्रागिरी नगरपालिका–१, कालुपाण्डेमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महोत्तरी घर भई चन्द्रागिरी–१३ पुरानो नैकाप बस्ने २१ वर्षीय तुफेल आलमको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा सोमबार बिहान निधन भएको हो। मोटरसाइकलमा सवार अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ।

चितवन – भरतपुर महानगरपालिका–२९, सत्र किलोमा ग.१ ख ४१४० नम्बरको बस र ग.१२ प ६९९२ नम्बरको मोटरसाइकल ठोक्किँदा तनहुँ भिमाद नगरपालिका–२ का २९ वर्षीय किशन विश्वकर्माको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट