Techie IT
२०८२ माघ २०, मंगलबार

बझाङमा जेसिबी दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


बझाङको सुर्मा गाउँपालिका–३ मा जेसिबी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

सुर्माबाट दौलिगाडा जाने बाटो मर्मतका क्रममा मंगलबार साँझ करिब ८ बजे कोलपाटा भन्ने स्थानमा जेसिबी पल्टिँदा कैलालीका ३५ वर्षीय चालक रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको हो।

सुर्मा गाउँपालिका–१ का वडाध्यक्ष दिनेश बोहराका अनुसार नेगी जेसिबीमा च्यापिएर ज्यान गुमाएका हुन्। सोही दुर्घटनामा सवार सुर्मा–३ काँटैका रबी बोहरा हामफालेर सकुशल बच्न सफल भएका छन् भने सुर्मा–५ का धर्मराज जेठारा पनि सुरक्षित रहेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट