Techie IT
२०८३ असोज ७, बुधबार

दोलखामा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु तीनजना घाइते


दोलखाको बिगु गाउँपालिका–६, शेर्पा आलम्पुमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्र्याक्टर कच्ची सडक खण्डमा अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए।

मृत्यु हुनेमा बिगु–६ आलम्पुका ५५ वर्षीय मकर थामी रहेका छन्। घाइते हुनेमा सोही स्थानका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी छन्।

घाइतेहरूलाई उपचारका लागि सिंगटी लगिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट