धादिङमा बस र टिपर ठोक्किँदा यात्रुहरू घाइते

धादिङको थाक्रे गाउँपालिका–२ चालिसेमा आज बिहान यात्रुबस र टिपर एकआपसमा ठोक्किँदा केही व्यक्ति घाइते भएका छन्।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००६ ख ४२६० नम्बरको टिपर आपसमा ठोक्किएको जिल्ला प्रहरीले जनाएको छ।
घाइते यात्रुलाई उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेको संख्या र अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस