सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सर्लाही, हरिपुर्वा नगरपालिका–५ स्थित सडकमा बिहीबार साँझ बाँकेबाट संग्रामपुरतर्फ जाँदै गरेको बीआर ३० एई ८२२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका साहको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ खजुरा सडकमा दैलेखी चोकबाट कालिन्चोकतर्फ आउँदै गरेको रा.३ प ९८७७ नम्बरको मोटरसाइकलको ठक्करबाट दैलेख डुङ्गेश्वर गाउँपालिका–३ बस्ने ६ वर्षीय सुवाश सापकोटाको मृत्यु भएको छ। ठक्करबाट घाइते उनको नेपालगंजस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यस दुर्घटनामा घाइते अन्य एक पैदलयात्रीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस