Techie IT
२०८२ असोज ६, सोमबार

सवारी दुर्घटनामा चार जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ मा लु.प्र.०१–००१ ह १४३२ नम्बरको ई–रिक्सा र युपि ५३ एएच ८५२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा आइतबार साँझ मोटरसाइकल चालक (नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष) को मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रा.५ प ७५९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ७१ वर्षीय श्रीप्रसाद छन्तेयालको आइतबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई संजिवनी मेडिकल कलेज, नेपालगन्जमा उपचारका क्रममा मृत घोषित गरिएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ पाडुलेस्थित सडकमा ना.५ ख ५६०८ नम्बरको ट्रकले लु.प्र.०३–००१ प ३६३१ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत घोषित गरिएको हो। सोही दुर्घटनामा घाइते भएका अर्का एक जनाको उपचार त्यहीँ अस्पतालमा भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको दमक नगरपालिका–५ आम्दा रोडमा मे.१० प १५७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४२ वर्षीया देवी विकको सोमबार बिहान मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनलाई खरखरे आम्दा अस्पतालमा उपचारका क्रममा मृत घोषित गरिएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट