देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
धनुषामा दुई दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। लक्ष्मीनिया–१ सोहनीस्थित सडकमा मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय सरोज महतोको मृत्यु भएको छ भने एक जना घाइते छन्। कमला–२ माची टोलमा अर्को मोटरसाइकल दुर्घटनामा १८ वर्षीय अमित यादव र १९ वर्षीय राहुल महतोसहित दुई जनाको मृत्यु भएको छ।
कैलाली, धनगढीमा ट्रकले मोटरसाइकल ठक्कर दिँदा १८ वर्षीय अनिस सिंह र १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको छ। मोरङ, विराटनगरमा सिटी सफारीले साइकल यात्री ७५ वर्षीय चक्रप्रसाद निरौलालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
बाँके, कोहलपुरमा स्कुटर दुर्घटनामा ३० वर्षीय प्रदीप ढकालको मृत्यु भएको छ।
सिराहा, लहानमा मोटरसाइकल दुर्घटनामा ३० वर्षीय जीवन यादवको मृत्यु भएको छ।
भरतपुरमा दुई मोटरसाइकल ठक्करमा २८ वर्षीय सुमन थापाको मृत्यु भएको छ।
प्रहरीले सबै घटनाको अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस