Techie IT
२०८२ असोज २१, मंगलबार

अर्घाखाँचीमा जिप दुर्घटना : दुई बालबालिकाको मृत्यु


अर्घाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ। सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप सन्धिखर्क नगरपालिका–९ टारीमा करिब बिहान साढे ३ बजे दुर्घटनाग्रस्त भएको हो।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका–७ नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलक प्रसाद शर्माले जानकारी दिएका छन् । दुबैको सन्धिखर्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ भने अन्यको उपचार अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट