Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

दार्चुलामा यात्रुबाहक जीप दुर्घटना, १ को मृत्यु, ११ जना घाइते


दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतका अनुसार आइतबार महाकाली नगरपालिकाको वडा नम्बर ९ साकारबाट निसिल जाँदै गरेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप वडा नम्बर ६ को बजगाडी भन्ने ठाउँमा दुर्घटना भएको हो।

साकारमा क्रिकेट प्रतियोगिता हेरेर घर फर्किदै गरेका यात्रु बोकेको जीप दुर्घटना भएको हो। जीपमा जम्मा १४ जना सवार थिए। दुर्घटनामा सोही ठाउँका स्थानीय नरेशबहादुर पालको मृत्यु भएको छ।

दुर्घटनास्थलबाटै बेहोस अवस्थामा उद्धार गरिएका पाललाई अस्पतालले मृत घोषणा गरेको हो। प्रहरीले दुर्घटना गाडी उकालोमा तान्न नसक्दा भएको बताएको छ। चालकको टाउकोमा चोट लागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट