Techie IT
२०८२ असोज २९, बुधबार

आज दिनभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा.६८ प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक काठमाडौं–३१ बानेश्वर बस्ने, कैलाली गोदावरी गाउँपालिका–८ घर भएका २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

डोटीको बडीकेदार गाउँपालिका–३ देवलस्थित सडकमा सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई गए राति दुर्घटना हुँदा सोही ठाउँकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै मृत्यु भएको छ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका–३ सिकारीबास पुलनजिक ना.२६ प ८३५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ ब्रह्मनगरका २१ वर्षीय राजेश श्रेष्ठको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको स्पर्श अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उदयपुरको बेलका नगरपालिका–१ अम्बासीस्थित सडकमा स.९ प ५११८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चौदण्डीगढी नगरपालिका–९ भिमाका ४५ वर्षीय कारीचन चौधरीको मृत्यु भएको छ। बिराटनगरस्थित गोल्डेन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो। उक्त दुर्घटनामा घाइते भएका दुई जनाको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–१३ सिगारे ठुलोखोल्सा सडक खण्डमा मे.३ प ३९८४ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ४२ वर्षीय हर्कबहादुर राईको घटनास्थलमै मृत्यु भएको छ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–७ स्थित सडकमा बघवनबाट रंगपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ६५ वर्षीय राम नारायण यादव गम्भीर घाइते भएका थिए। वीरगञ्जस्थित एनएमसी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो।
फरार मोटरसाइकल चालकको खोजी भइरहेको र सबै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट