मीनभवनमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

काठमाडौँको नयाँ बानेश्वरस्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, बानेश्वरबाट सिभिल अस्पतालतर्फ मोडिँदै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको बा.८१ प ४०१० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कार्पियो चालक काठमाडौँको कपन बस्ने ४३ वर्षीय कृष्णकुमार कुइँकेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि सिभिल अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान प्रहरीले जारी राखेको नयाँ बानेश्वर प्रहरी वृत्तले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस