Techie IT
२०८३ असोज ७, बुधबार

रुकुम पश्चिममा जिप दुर्घटना, सात जनाको मृत्यु, १० घाइते, (मृतकको नामसहित)


रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १० जना घाइते भएका छन्।

शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकदेखि करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने मध्ये ६ जनाको परिचय खुलिसकेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ।

मृतकहरूमा —

आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली (ओली)

१६ वर्षीय टेकजंग बुढा

१५ वर्षीया दिलमाया बुढा

१७ वर्षीया मनिका वली (ओली)

१८ वर्षीया शर्मिला बिक

२२ वर्षीय गोपाल वली (ओली)
र एक जना अज्ञात महिला रहेको प्रहरीले जनाएको छ।

घाइते १० जनालाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ। घाइतेहरूको परिचय खुल्न बाँकी छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट