Techie IT
२०८२ कार्तिक १३, बिहीबार

आज देशभर सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


देशका विभिन्न स्थानमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

झापामा बस दुर्घटना, एकको मृत्यु

झापा जिल्लाको दमक नगरपालिका–२ पाङ्गिनीचोकस्थित सडकमा बा.२ ख १९८३ नम्बरको बस मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरेमा उपचारका क्रममा मृत्यु भएको हो। सो बसमा सवार एक जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

रूपन्देहीमा इभी गाडी दुर्घटनामा तीनको मृत्यु

रूपन्देहीको कञ्चन गाउँपालिका–५ फायरलाइनस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी मंगलबार राति अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सैनामैना नगरपालिका–८ का ४५ वर्षीय खुमबहादुर आचार्य, कञ्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर बिक रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पिपरा अस्पताल कपिलवस्तुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, गाडी चालकसहित अन्य चार जना घाइतेका उपचार लुम्बिनी सिटी अस्पताल र मर्सिसिटी अस्पताल बुटवलमा भइरहेको छ।

तिलोत्तमामा मोटरसाइकल ठक्कर, एक पैदलयात्रीको मृत्यु

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगानगरस्थित सडकमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट