Techie IT
२०८३ असोज ७, बुधबार

मेलौलीमा जीप दुर्घटना, एक जनाको मृत्यु र चार घाइते


मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन्।

शिवनाथबाट मेलौलीतर्फ जाँदै गरेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य चार घाइतेलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट