आज विभिन्न सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
आज देशभर विभिन्न ठाउँमा छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ।
काठमाडौं: काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा शनिबार बिहान नयाँबानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र.-०२-०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको छ। उनको गम्भीर घाइते अवस्था सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एकजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मकवानपुर: हेटौंडा उपमहानगरपालिका–८ राजपानी टोलस्थित सडकमा कालिका मन्दिरबाट कमानेतर्फ जाँदै गरेको बा.प्र.०६-००२ प ४८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने २४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको छ। उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको क्रममा ज्यान गएको हो।
कञ्चनपुर: कृष्णपुर नगरपालिका–२ वाणीस्थित सडकमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना.७ ख ६१८२ नम्बरको बस दुर्घटनामा परेको छ। बसमा सवार, कृष्णपुर नगरपालिका–१ बण्ड बस्ने ४२ वर्षीय बल बहादुर बोहराको वाणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भोजपुर: षडानन्द नगरपालिका–४ दुबेस्थित सडकमा चाम्लादाङबाट दिङलातर्फ जाँदै गरेको प्र.१-०२-००३ त १२१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक, षडानन्द नगरपालिका–४ केराबारी बस्ने २५ वर्षीय आईत बहादुर तामाङ र ट्याक्टरमा सवार अरुण गाउँपालिका–४ चरम्बी बस्ने १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको छ। साथै, दुर्घटनामा घाइते ट्याक्टरका अन्य ४ जनालाई उपचारको लागि दिङला नगर अस्पताल पठाइएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान जारी राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस